Logo

बागमती पेज

चैत्र १४, २०७८ सोमबार

पर्वतका २१ वर्षिय विज्ञान शर्माद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा


काठमाडौं । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरे संगै गाएक देखि नायक तथा विद्यार्थी देखि सामाजिक अभियान्ताले समेत राजनीतिक आडमा अथवा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । र्यापर बालेन शाह, सामाजिक अभियान्ता सचिन पाण्डे, जस्ता थुप्रै सामाजिक व्यक्तित्व पछिल्लो समय उमेदवारी घोषणा गरेकै आधारमा चर्चामा रहेका छन् ।

यसैक्रममा वैशाख ३० गते हुने स्थानीय चुनाबका लागि पर्वतको जलजला गाउँपालिका- ३ को वडा अध्यक्ष पदका लागि समाजसेवी तथा युवा नेता विज्ञानराज शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफू जनताको सेवा गर्न ईच्छुक रहेको कुरा जाहेर गरेका हुन् ।

बेनी अस्पताल सञ्चालक समितिको सदस्य समेत रहेका विज्ञान राज शर्मा बेला बेला चर्चामा आईरहने पात्र पनि हुन् । भर्खरै मात्रै बेनी अस्पतालमा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका परिवारको पक्षमा आफुलाई उभ्याउदै अस्पतालका मेसु विरूद्द आक्रोशित भएका शर्मा आफुबिरूद्द जिल्ला प्रहरी कार्यलयमा उजुरि परेपछी अस्पतालमा जनताको उपचार नरोकियोस भन्दै सार्वजनिकरूपमा माफी मागेका थिए । विगत लामो समयदेखी सामाजिक तथा म्याग्देली एवं पर्वतका जनताको शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता संवेदनशील बिषयमा आवश्यक सहयोग गर्दै आईरहेका शर्मा नेकपा एकीकृत समाजजादीका युवा नेता हुन् ।

पर्वत र म्याग्दीमा बर्सेनि जाने पहिरो तथा कोभिड १९ जस्ता विषम परिस्थितिमा सदैव जनताको घर दैलोमा पुगी पहिलो घेरमा काम गरेका शर्माले उमेदवारी संगै आफुले चुनाव जित्ने विश्वास व्यक्त गरेका छन् । जातिय भेदभावका बिरूद्द आफ्नै घरबाट छुवाछूत अन्तय गर्दै सामाजिक सद्भाव सहितको समुन्नत समाज निर्माण गर्न शर्मा बिगत लामो समयदेखि खटिरहेका छन् । दुई जिल्लाको समाजसेवीको रूपमा परिचित शर्मालाई वैरागी कान्छा भनेर समेत चिन्ने गरिन्छ ।

२१ वर्षे उमेरमै जनताको सेवाका लागि विभिन्न योजना र खाका सहित मैदानमा होमीएका शर्माको चुनावी नाराभित्र आउदो पाच बर्षमा वडा भित्रका सबै बाटोघाटो स्तरोन्नति गर्ने, प्रत्येक घरमा खानेपानी, बिजुली बत्ति, स्वास्थ्य सुविधा, बालमैत्री विद्यालय जस्ता विषय अटाएका छन् । म्याग्देली जनतालाई रगत देखी नगद सम्म सहयोग गर्दै वैरागी कान्छाले आउदो स्थानीय चुनावलाई लक्षित गर्दै जनताको घरदैलोमा अभियान सुरू गरिसकेका छन् ।

करिब २१ पटक सम्म रगतदान गरि म्याग्दी जिल्लामा रक्तदान कार्यक्रमको अभियान चलाएका विज्ञान शर्मा आफु कलिलै भएपनि जनताको वास्तविक पीडा मर्का र अपेक्षालाई बुजेको हुनाले जनताको सहयोग पाउने विश्वास राखेका छन् ।

पछिल्लो समय देश संघियतामा गएयता नेपाली राजनीतिमा युवा आकर्षण बढ्दै गईरहेको छ । नयाँ जोस र सोचका साथ जनतामाझ जाने सामाजिक सञ्जालको उपयोग गरि पपुलर बन्ने प्रथानै चलिरहेको छ ।

वि.सं २०७२ सालमा संविधान जारी भैसकेपछी देशको राजनीतिमा क्रमश युवाको भुमिका र सक्रियता अझै बढ्दै गइरहेको देखिन्छ । देश संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा स्थापित भैसकेपछि स्थानीय तह, प्रदेश र संघमै पनि युवाहरूको सहभागीता ह्वात्तै बढेको छ ।

बि सं २०७४ सालको स्थानीय तहको निर्वाचनमा सिमित ठाउँमा मात्रै देखिएको युवा चासो त्यसको ५ बर्ष नपुग्दै दोब्बर भएको छ । बितेको पाच बर्षको अवधीमा स्थानीय सरकारको महत्त्व प्रत्येक जनताको घरदैलो हुँदै नुन देखि सुन सम्म जोडिएको प्रभाव र चरम उत्कर्षमा पुगेको बेथीती र भ्रष्टाचारलाई नियन्त्रण गर्ने अठोटका कारण स्थानीय सरकारको नेतृत्व लिने युवा होडबाजी चुलिएको छ।

गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उमेदवारी दिएको युवा नेतृ रञ्जु दर्शनाले लोकप्रिय मत प्राप्त गरे संगै विभिन्न महानगर, नगर, वडाहरूमा उमेदवारी दिने लहर नै चलेको छ । शिक्षा र चेतनाको प्रभावले पनि पछिल्लो समय युवाहरू राजनीतिमा सक्रय रूपले लागिरहेका छन् ।

विभिन्न राजनीतिक दलका आ-आफ्ना आन्तरिक निर्वाचनबाट नेतृत्व हत्याउने देखि राज्य सत्ताको भोग गर्न लालायित युवा पक्तीं राजनीतिमा सक्रिय रूपले लागिरहेको छ ।