Logo

मेघनाथ पहाडी

चैत्र १७, २०७८ बिहीबार

बडीमालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा दाताराम प्याकुरेल


काठमाडाैं । बडीमालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा दाताराम प्याकुरेल नियुक्त भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चैत्र ८ गते गरेकाे निर्णय अनुसार बाजुराकाे बडीमालिका नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा प्याकुरेल नियुक्त भएका हुन् ।

लामाे समय सिन्धुलीकाे फिक्कल गाउँपालिकामा काम गर्दै आएका प्याकुरेललाइ नगर प्रमुख पदम बडुवाल लगायत अन्य जनप्रतिनिधि तथा कर्मचारीहरुले बडीमालिका नगरपालिकामा स्वागत गरेका थिए ।

नगरप्रमुख पदम बडुवालले शुसासन, समृद्दि र विकासका काममा नगरको लक्ष्य, नीति र कार्यक्रमलाई पुर्ण रुपमा सफल पार्न उहाँको महत्वपुर्ण सहयोगको अपेक्षा रहेकाे बताए । बडीमालिकाको समृद्धि, उन्नति र सुशासनको पक्षमा अलिकति पनि तलमाथि भएमा अन द स्पोर्ट कारवाही गर्ने समेत उनले बताए । मुस्कान सहितको सेवा दिन आग्रह गर्दै नगरका काममा छिटो छरितो ढंगबाट गर्न आवश्यक रहेको बताए ।

प्रमुख प्रशासकीय अधिकृतमा दाताराम प्याकुरेलले बडीमालिका नगरपालिकामा चुस्त ढंगले सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे । हामी ईलेक्टेड जनप्रनिधि र सेलेक्टेड कर्मचारीले नीतिगत कुराहरु कार्यान्वयन गर्ने र आफ्नो क्षमताले भ्यायसम्मका कार्यहरु सहजरुपमा गर्दा नगरले निकै मुहार फेर्न प्याकुरेल विश्वस्त रहेका छन् ।

पूर्वि नेपाल सिन्धुली घर भएर पनि निजामती कर्मचारी भएपश्चात नेपालका हिमाल, पहाड र तराई तथा सुगम, दुर्गमका सबै भूगोलमा रहेर कामगर्ने ईच्छा अनुरुप सुदुर पश्चिम पुग्दा निकै उत्साहका साथ सेवा प्रवाह गर्ने जनाएका छन् ।