Logo

मेघनाथ पहाडी

चैत्र १७, २०७८ बिहीबार

सार्वजनिक जग्गा संरक्षणमा बूढानीलकण्ठकाे जाेड


काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले विभिन्न स्थानमा स्थानीयले भोगचलन गर्दै आएका तथा प्रयोग विहिन रहेका सार्वजनिक जग्गा संरक्षण गर्दै आएको छ ।

बूढानीलकण्ठ-९ मा स्थानीयले भोगचलन गर्दै आएको जग्गामा सामुदायिक भवन निर्माण गर्न लागिएको हो । विगत केही दशक देखि नै स्थानीयले आफ्नो कम्पाउण्ड भित्र सार्वजनिक जग्गा राखेको र पटक पटक त्यहाँ खाली गर्न अनुरोध गर्दा विभिन्न समय माग गर्ने र सार्वजनिक जग्गा खाली नगर्ने गरेको अन्य स्थानीयहरुले बागमती पेजलाई बताए ।

सोही क्रममा बूढानीलण्ठ-९ स्थित गेट कलेज अगाडी निता राणाले ११ आना सार्वजनिक जग्गा भोग चलन गर्दै आएकी थिईन् । नगर तथा वडाले विगत ४ वर्ष देखि नै ११ आना सार्वजनिक जग्गा खाली गर्न पटक-पटक अनुरोध गर्दा वेवास्ता गर्ने गरेको कार्यवाहक वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले जनाईन् ।

मेयर उद्धव खरेलले भने, नगरपालिकाले धेरै पटक जानकारी गराउँदा पनि सहमतीमा नआएका कारण सबै सुरक्षा निकाय र स्थानीयको रोहवरमा रहेर हामीले सार्वजनिक जग्गा खाली गरेका हौं । उनले भने जग्गा खाली गरेर यस जग्गामा हामीले सामुदायिक भवन निर्माण गर्ने भएका छौं ।’

कार्यवाहक अध्यक्ष त्रिपाठीले भनिन्, हामीले धेरै अनुरोध गर्दा पनि वास्ता नगरेका कारण हामी एक्कासी यसरी वालमा डोजर लगाउन बाध्य भएका हौं । हाल सो सार्वजनिक जग्गामा नगरपालिकाबाट टेण्डर आह्वान भई वडा सामुदायिक भवन निर्माण कार्य अगाडी बढाईएको त्रिपाठीको भनाई छ ।