Logo

बागमती पेज

चैत्र १७, २०७८ बिहीबार

दिप मण्डला युवा क्लबद्वारा २१ चोकमा लोकेशन बोर्ड


काठमाडौं । दिप मण्डला युवा क्ललबले बूढानीलकण्ठ-१० भित्रका विभिन्न चोकहरुमा लोकेशन बोर्ड राखेको छ । बूढानीलकण्ठ १० काे याेजना तथा आर्थिक सहयाेगमा उक्त बाेर्ड राखिएकाे हाे ।

विगत देखिनै सामाजिक काममा सक्रिय रहेको क्लबले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० भित्रका २१ चोकमा लोकेशन बोर्ड राखेको संस्थाका सचिव प्रदिप मैनालीले बागमती पेजलाई जनाएका छन् ।

क्लबका सचिव मैनालीका अनुसार लोकेशन बोर्डहरुले आम जनतालाई गन्तव्यमा पुग्न र नव आगान्तुकहरुलाई ठेगाना पत्ता लगाउन सहयोग पुग्ने तथा वडाको बारेमा सबैलाई जानकारी हुने विश्वास रहेको छ ।