Logo

बागमती पेज

चैत्र १७, २०७८ बिहीबार

महिला संघद्वारा बूढानीलकण्ठमा निःशुल्क स्वास्थ परिक्षण हुने


काठमाडौं । नेपाल महिला संघ बूढानीलकण्ठ नगरपालिका वडा नं १२ समितिको आयोजनामा निःशुल्क स्वास्थ परिक्षण कार्यक्रम हुने भएको छ ।

बि एण्ड बि अस्पतालको मेडिकल सहयोग तथा घट्टराज मेमोरियल स्कुलको स्थानीय सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजक किसोर थापाले बताए ।

नेपाल महिला संघ का वा. सभापति निर्मला दाहालको नेतृत्वमा रहेको महिला संघको सक्रियता संगै बुनपा १२ मा निरन्तर कार्यक्रमहरु सञ्चालन भइरहेको थिए । हाल गोल्फुटारमा हुने निःशुल्क स्वास्थ परिक्षणको सुविधा लिन संयोजक दाहलले नगरवासीलाई अनुरोध समेत गरेकी छन् ।

राजनीति सेवामैत्री भावका आधारमा हुनुपर्ने मान्यताका साथ समाजिक रुपमा सक्रिय रहेको महिला संघको निःशुल्क स्वास्थ परिक्षणमा मुटु रोग, हाडजोर्नी, युरोलोजि, प्रसुति तथा स्त्री रोग, बाल रोग, समान्य चिकित्सा, नाक, कान घाँटी सम्बन्धि, छाला रोग, दन्त सेवा, प्लास्टिक सर्जरी लगायतका विभिन्न सेवाहरु दिईने भएको आयोजकले जनाएको छ ।