Logo

बागमती पेज

चैत्र २८, २०७८ सोमबार

समृद्ध तीनपाटन निर्माणको लागि अध्यक्षमा मेरो उम्मेदवारी : पदम मायाँ तामाङ


काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आफ्नो उम्मेदवारी दावी गर्ने युवाहरुको संख्या बढ्दो रहेको छ । यसै क्रममा सिन्धुलीको तीनपाटन गाउँपालिका अध्यक्षमा नेकपा एमालेको तर्फबाट  पदममायाँ तामाङ सहित ५ जनाले आफ्नो उम्मेदवारी दावी गरेका छन् ।

तीनपाटन  गाउँपालिकाको उपाध्यक्ष भएर ५ वर्ष गाउँपालिकामा एमालेको तर्फबाट बहुमत कार्यपालिका सहित नेतृत्वको अनुभव लिएर गाउँपालिका उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी नेत्रृ तामाङ्ले आफ्नो उम्मेदवारी दावी गरेकी हुन् ।

जिल्लाकै लोकप्रिय उपाध्यक्षको रुपमा जिल्लाका अन्य स्थानीय तह भन्दा फरक काम गर्दै आएकी तामाङ प्रभावशाली नेतृका रुपमा आफ्नो पहिचान बनाउन सफल भएकी छन् । नेकपा एमाले तीनपाटन गाउँ कमिटी सचिव समेत भएकी तामाङले उपाध्यक्ष पदमा रहेर ५ बर्ष जनप्रतिनिधि हुंदा गाउँपालिकामा जनमुखी काम गरेको उनले बताईन् ।

५ वर्ष उपाध्यक्ष रहदाको अनुभवलाई समेट्दै तीनपाटनलाई कस्तो बनाउने भन्ने आफू  संग प्रष्ट भिजन भएकोले अध्यक्षमा उम्मेदवार दावी गरेको उनले बताएकी छन् ।

नेत्रृ तामाङले उपाध्यक्ष सहितको बहुमत पाएपनी कानुनमा अध्यक्ष सहितको बहुमत भए मात्र अधिकार प्रयोग गर्न पाइने खालको कानुन भएका कारण यस पटक अध्यक्षमा दावी गरेकी हुन् ।

हाल तीनपाटनमा विपक्षी दलको तेतृत्व भएकोले पटक पटक जनविरोधी काम गर्दा पनि आफूले भने अनुसारको काम गर्न नपाएको उनको गुनासो रहेको छ ।

हाल तीनपाटन गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदमा छत्र बहादुर दाहाल, पदम मायाँ तामाङ ,राजन शर्मा भण्डारी ,राम प्रसाद गौतम, शंकर कुमार कार्की ले दाबी गरेका छन् ।