Logo

बागमती पेज

चैत्र २८, २०७८ सोमबार

कमल थापाको गृहनगरमा राप्रपाको शक्ति प्रदर्शन


मकवानपुर । देशव्यापी चुनावी आमसभालाई निरन्तरता दिँदै आएको राप्रपाले आइतबार हेटौँडामा शक्ति प्रदर्शन गरेको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह नगरमा राप्रपाले शक्ति प्रदर्शन गरेको हो । आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राप्रपाले यसअघि शनिबार झापा र शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।