Logo

भवानी कार्की

चैत्र २८, २०७८ सोमबार

डोटी जिल्ला शाखाद्वारा नि:शुल्क प्राथमिक उपचार तालिम सम्पन्न


काठमाडाैं । योगदान राष्ट्रको लागि डोटी जिल्ला शाखाद्वारा ३ दिने नि:शुल्क प्राथमिक उपचार तालिम भब्यताका साथ सम्पन्न भएकाे छ ।

तालिममा ८० भन्दा बढी युवा समाजसेवी, विद्यार्थी एवं सुरक्षकर्मीको उपस्थित रहेको थियो । तालिम अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेतीले प्रशिक्षण दिएका थिए । योगदान राष्ट्रको लागि केन्द्रिय अध्यक्ष ओम उप्रेतीले बिदेशमा सिकेको सिप द्वारा नेपालमा हुने विभिन्न दुर्घटना एवं महामारीमा धेरैको ज्यान बचाउन यस तालिमबाट सहयोग हुने जानाए ।

तालिममा प्राथमिक उपचार सम्बन्धी पानीमा डुबेकाे, आगोले पोलेमा, हिर्दयघात भएमा, करेन्ट लागेमा जस्ता २० वटा बिषयबस्तुलाई समेटिएको थियो । योगदान राष्ट्रको लागि अभियानले हाल सम्म २० हजार भन्दा बढी युवा, समाजसेवी, सुरक्षाकर्मी, शिक्षक लगायतका ब्यक्तीहरुलाई तालिम दिई सकेको छ।

योगदान राष्ट्रको लागि हाल ६५ जिल्ला भन्दा बढी शाखा बिस्तार रहेको छ भने दश हजार भन्दा बढी युवा तथा समाजिक अभियन्ताको सहभागी रहेको छ । यस संस्थाको मुल नारा “प्राथमिक उपचार हाम्रो सरोकार” एक घर एक प्राथमिक उपचार रहेको छ ।

कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय सदस्य दिपेन्द्र खड्का महत्वपूर्ण भूमिका साथै योगदान राष्ट्रको लागि डोटी जिल्ला समिति उपाध्यक्ष सुष्मा मलासी, सचिव विर बिष्ट एवं कोषाध्यक्ष तुलसी बलायर बिष्ट लगायतका उपस्थित र कार्यक्रममा विशेष सहयोग रहेको थियो ।