Logo

मेघनाथ पहाडी

बैशाख २, २०७९ शुक्रबार

महाकुलुङ गाउँपालिकामा एमालेबाट भक्त राई सर्वसम्मत सिफारिस


काठमाडौं । महाकुलुङ गाउँपालिका अध्यक्ष पदको उम्मेद्वारका लागि नेकपा एमालेबाट युवा नेता भक्त राईको नाम सर्वसम्मत सिफारिस भएको छ ।

एमाले पालिका कमिटीले पत्रकार पृष्ठभूमिका युवा नेता राईको नाम सर्वसहमत सिफारिस गरेको हो । एमालेले पालिका पदाधिकारी टुंगो प्रदेश कमिटीबाट लगाउने मापदण्ड बनाएको छ ।

फरक खालको योजना अनुसार महाकुलुङलाई नमुना गाउँपालिका बनाउने भक्त राईको मुख्य एजेण्डा रहेको छ ।

महाकुलुङ गाउँपालिकामा सत्तारुढ गठबन्धनले भने उम्मेद्वार टुंग्याउन बाँकी छ । अघिल्लो पटक गाउँपालिका अध्यक्ष जितेका सागर किराँतीलाई फेरि उम्मेद्वार बनाउने नेकपा माओवादी केन्द्रको तयारी छ ।

नेपाली कांग्रेसले पनि पालिका अध्यक्षको दावी छोडेको छैन । कांग्रेसमा भलाकाजी कुलुङ, पर्खिधन नाछिरिङ र सूर्य कुलुङको दावी छ ।