Logo

बागमती पेज

बैशाख ४, २०७९ आईतबार

बैशाख ९ गतेबाट एसईई परीक्षा हुने


काठमाडौं । यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाख ९ गतेबाट सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बैशाख ९ गतेबाट परीक्षा हुने मिति तोकिएको जानकारी दिएको हो । यो वर्षको परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना सहभागी हुने बोर्डले जनाएको छ ।

नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुने भएका हुन् ।

यसअघिका दुई वर्ष कोरोना संक्रमणका कारण एसईई प्रभावित भएपनि यो पटक सामान्य तरिकाले परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकिएका छन् । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको छ ।