Logo

भवानी कार्की

बैशाख ८, २०७९ बिहीबार

अध्यक्षमा काभ्रेका युवानेता लाक्पा छिरिङ लामा सर्वसम्मत


काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आफ्नो उम्मेदवारी दावी गर्ने युवाहरुको संख्या बढ्दो रहेको छ ।

स्थानीय तहको निर्वाचन नजिकिए सँगै प्रभावशाली जनप्रतिनिधि उठाएर आफ्नो पार्टी जिताउन विभिन्न दलहरु देशव्यापी अभियानमा जुटेका छन् । पार्टी नेतृत्वबाट सर्वसम्मत उम्मेदवार घोषणा गर्नेको संख्या दिनानुदिन थपिदै गएको देखिन्छ ।

त्यसैक्रममा नेकपा एमाले तेमाल गाउँपालिका वडा नं. ५ को वडाध्यक्षमा लाक्पा छिरिङ लामालाई सर्वसम्मत उम्मेदवार चयन गरिएको छ ।

विद्यार्थी जीवनबाट राजनीतिक यात्रा शुरु गरेका लामाले काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–५ को अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । लामा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य समेत रहेका थिए ।