Logo

भवानी कार्की

बैशाख १०, २०७९ शनिबार

हामीले गल्ती गरेको भए भण्डाफोर गर्नुस् : नगर प्रमुख खरेल


काठमाडौं । करिब २ दशक पछि २०७४ सालमा भएको स्थानीय निर्वाचन पछि बुढानिलकण्ठमा विकासले निकै फड्को मारेको नगर प्रमुख उद्धव प्रसाद खरेलले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी एमाले बुढानिलकण्ठ नगर कमिटी काठमाडौंले आयोजना गरेको निर्वाचन परिचालन कमिटी एवं प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा नगर प्रमुख खरेलले निर्वाचन जितेको ५ वर्ष भित्र कुनैपनि गल्ती नगरेको दाबी गरे ।

उनले भने, ‘हामीले कुनैपनी गल्ती गरेको भए भण्डाफोर गर्नुस्, तर नचाहिने खालका झुठो आरोप नलगाउन अनुरोध गरेका छन् । हासिल गरेको उपलब्धि र सबै प्रतिबद्धता पूरा गर्न आगामी ५ वर्ष पुनः नेकपा एमालेलाई बहुमत मत सहित जिताउन आग्रह समेत गरेका थिए ।’