Logo

भवानी कार्की

बैशाख १२, २०७९ सोमबार

दोलखाका दुई नगरपालिकामा काँग्रेसले उम्मेदवार टुंगो लगायो


दोलखा। नेपाली काँग्रेसले दोलखाका दुईवटा नगरपालिकाको प्रमुखको उम्मेदवार टुङ्ग्याएको छ ।

काँग्रेस बागमती प्रदेश संसदीय समितिले जिरी नगरपालिका र भिमेश्वर नगरपालिका प्रमुख पदका लागि उम्मेदवार टुङ्गो लगाएको हो ।

जिरी नगरपालिकाको प्रमुखमा लाक्पा शेर्पा र भिमेश्वर नगरपालिका प्रमुखमा ईश्वर नारायाण मानन्धरलाई टिकट दिने काँग्रेसले निर्णय गरेको छ ।