Logo

मेघनाथ पहाडी

बैशाख १२, २०७९ सोमबार

सिङ्गो एमालेसँग भिड्न तयार छु : माधव पौड्याल


काठमाडौं । नेकपा एमाले बुढानिलकण्ठ नगरपालिकामा एमालेका नेता तथा कार्यकर्ताहरु पार्टीसँग रुष्ट बनेका छन् । पार्टी नेतृत्वले चुनावी अभियानमा अर्थिक लेनदेन तथा नातावाद ल्याएको भन्दै एमालेका नेता तथा कार्यकर्ताहरु असन्तुष्ट बनेका हुन् ।

त्यसै क्रममा नेकपा एमाले बुढानीलकण्ठ नगरकमिटी सदस्य तथा वडा नं ८ का पुर्व वडा सदस्य माधव पौड्यालले पार्टीमा विद्रोह गर्दै अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं ८ को सदस्यमा निर्वाचित बनेका पौड्याल अनेरास्ववियुका पुर्व सचिवालय सदस्य हुन् ।

वडा नं ८ को सुन्दरबस्ती क्षेत्रमा सामाजिक गतिविधिमा निकै सक्रिय बन्दै नेकपा एमालेको राजनीतिमा प्रवेश गरेका उनले वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराउँदै नेकपा एमालेले आफुलाई अन्याय गरेको बताए ।

जनपक्षीय चलचित्रकर्मी संघको केन्द्रीय सचिवालय सदस्य समेत रहेका पौड्यालले लोकप्रिय जनप्रतिनिधिको पहिचान बनाएका थिए । जनचाहाना अनुसार आफूले स्वतन्त्र वडाध्यक्षको उम्मेदवार दिएको समेत उनले बताए ।