Logo

बागमती पेज

बैशाख २०, २०७९ मंगलबार

सुनिता डंगोलको नक्कली प्रमाणपत्र भन्दै अख्तियारमा उजुरी ! के हो बास्तविकता ? भिडियो…


काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको छ ।

उजूरीमा डंगोलले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाडौं महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सहितको सेवा सुविधा लिएको आरोप लगाईएको छ ।

काठमाडौं महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने र स्नातकोत्तर अध्ययन गरेको हुनुपर्नेमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्तिलाई नियुक्ति दिइएको भन्दै गैरकानूनी आर्थिक लाभ लिएको आरोप छ । उजूरी १६ बैशाखमा दर्ता गरिएको छ ।

उजूरीमा डंगोलको नियुक्तिको सम्पूर्ण फाइल काठमाडौं महानगरबाट झिकाई भ्रष्टाचार निवारण ऐन अनुसार कसूर सजाय गराई प्राप्त गरेको रकम तथा जरिवाना समेत असुल उपर गराउन माग गरिएको छ ।

अख्तियारमा उक्त उजूरीको दर्ता नम्बर सी(०३२५३१, ०७९(०१(१६, १५२६२३८५ छ ।

https://www.facebook.com/bagamatipage/videos/5333567653331551