Logo

भवानी कार्की

बैशाख २०, २०७९ मंगलबार

‘कालिञ्चोकलाई जिल्लाकै नमूना गाउँपालिका बनाउने छु’ : अर्जुन प्रसाद शिवाकोटी


दोलखा । कालिञ्चोक गाउँपालिकामा नेपाली कांग्रेसबाट पालिका अध्यक्ष पदका लागि अर्जुन प्रसाद शिवाकोटीले उम्मेदवारी दिएका छन् । विगत लामो समय देखी नेपाली कँग्रेसको भातृ सँगठनमा आबद्ध हुँदै आएका शिवाकोटी यस भन्दा अगाडी कालिञ्चोक गाउँपालिकाको कँग्रेस सभापतिमा सर्वसम्मत चयन भएका थिए ।

समाजसेवाका क्रममा थुुप्रै काम गरिसकेका शिवाकोटीको आफु पालिका अध्यक्ष भएमा स्पष्ट भिजन, भ्रष्टचार मुक्त पालिका सहित पर्यटकीय क्षेत्रमा अब्वल कालिञ्चोक बनाउने प्रतिबद्धता जानाए ।

विगतमा अन्य दलका जनप्रतिनिधि  सत्तामा रहँदा जनचाहना बमोजिम काम नभएकाुे भन्दै गठबन्धनको आवश्यकता महसुश गरिएको र यस पटक जनताले गठबन्धनलाई अत्याधिक बहुमतले बिजयी गराउने समेत उम्मेद्धवार शिवाकोटीको भनाई छ ।

अध्यक्षका उम्मेदवार शिवाकोटीले आफु पालिका अध्यक्ष भएमा पालिकामा स्रोत साधनको अवस्थालाई मध्यनजर गरी सबै जनताको सहभागीतामा पालिकाको सकारात्मक विकास गर्ने र पलिकालाई भ्रष्टचारमैत्री पा!लिका बनाएर देखाउने योजना आफुसंग स्पपष्ट भिजन रहेको बताएका छन् ।

नेता अर्जुन प्रसाद शिवाकोटीले पालिका अध्यक्ष भएर पालिकाको मुहार फेरिदिने, प्रत्येक जनतालाई न्युनतम रोजगार तथा स्वरोजगारको कार्यक्रम ल्याएर जनताको जीवन स्तरमा केहि परिवर्तन ल्याउने आफ्नो चाहना रहेको धारणा व्यक्त गरे ।