Logo

बागमती पेज

बैशाख २७, २०७९ मंगलबार

महानगरमा ‘ईश्वरमान डंगोल विजयी’ भइसकेको केशव स्थापितको स्वीकारोक्ति


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयरका प्रत्यासी केशव स्थापितले वडा १५ का वडाध्यक्ष पदका उम्मेदवार ईश्वरमान डंगोल बिजयी भइसकेको स्वीकार गरेका छन् ।

नेकपा एमालेको काठमाडौँ महानगर वडा १५ कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा स्थापितले यस्तो स्वीकार गरेका हुन् ।

स्थापितले डंगोल वडाध्यक्षमा विजयी भएर आए पश्चात आफू मेयर निर्वाचित भएको खण्डमा काम गर्न अप्ठ्यारो पार्ने बताए । डंगोलको लोकप्रियताको झलक देखेका स्थापितले काठमाडौँ महानगर वडा १५ मा सार्वजनिक रुपमै हार स्वीकार गरेको दृश्यले चकित बनाएको वडावासी बताउँछन् ।

डंगोल नेकपा (एकीकृत समाजवादी) बाट कलम चिन्हको उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गरेका छन् ।

कार्यक्रममा स्थापितले वडाध्यक्षका उम्मेदवार डंगोलविरुद्ध सदा जस्तै विष वमन गरी अराजनैतिक टिप्पणी गरेका थिए ।