Logo

मेघनाथ पहाडी

जेष्ठ १, २०७९ आईतबार

बूढानीलकण्ठमा स्वतन्त्र उम्मेदवार धिताल निर्वाचित, अचम्मित बने एमाले-कांग्रेस !


काठमाडौं । स्थानीय तहको मत गणना तीब्र गतिमा भएसँगै बूढानीलकण्ठ नगरपालिकाको मत गणना नतिजा सार्वजनिक भएको छ ।

यसैक्रममा बूढानीलकण्ठ–३ मा स्वतन्त्र तर्फका उम्मेदवार आकाश धिताल निर्वाचित भएका छन् । स्वतन्त्र तर्फबाट धारा चिन्ह लिएर मतदाता समक्ष पुगेका उन ३८ मत बढि ल्याएर निर्वाचित बन्न पुगेका हुन् ।

वडा अध्यक्षमा नेकपा एमालेका राजेन्द्र खड्काको ४७४ मत लाई पछ्याउदै स्वतन्त्र उम्मेदवार धारा चिन्हका आकाश धितालले कुल ५१२ मतले निर्वाचित हुन सफल भएका छन् । त्यसैगरी नेपाली कांग्रेसले भने ३२१ मत र नेकपा एसले २७४ मतले तेस्रो र चौथो स्थान पाएको छ ।

०७४ को स्थानीय चुनावमा नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यको उम्मेदवार भएर चुनावी मैदानमा उत्रिएका आकाश धितालले विजय पाउँदा सबैभन्दा धेरै मत ल्याएका थिए । पाँचवर्ष बुढानिलकण्ठ ३ का विकासे गतिबिधिमा काम गर्दा आकाशले आफूलाइ अझै राम्रो र सर्वपक्षीय बनाए ।

नेपाली काँग्रेसले उनलाइ उम्मेदवार नबनाएपछि स्थानीय युवाहरू आकाशको पक्षमा बोल्न थाले । आकाशलाइ चुनावी मैदानमा धकेलिन अभिप्रेरित गरे । युवाहरूको जोश तथा वडावासीको सद्भावमा आकाश स्वतन्त्र उम्मेदवारको हैसियतामा चुनावी मैदानमा छिरे । आकाशको पक्षमा काँग्रेसदेखि एमालेसम्मका युवाहरू जिताउन सक्रिय भएका थिए ।

उनको घरदैलो तथा र्यालीमा घरघरबाट महिला तथा बृद्धबृद्धासमेत देखिए । सबै वडा नं ३ को वडाध्यक्ष हुनेमा ढुक्क बन्दै थिए । ३० गतेको चुनाव सकिँदा सबैजना आकाशको जीतको कामना गर्दै थिए ।