Logo

मेघनाथ पहाडी

जेष्ठ २, २०७९ सोमबार

गठबन्धनलाई हराउँदै अध्यक्षमा टेक बहादुर रजन मगरको टीम विजयी


काठमाडौं । फिक्कल गाउँपालिका वडा नं ३ मा टेकबहादुर रजन मगरको टीमले जित हासिल गर्न सफल भएको छ ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार टेक बहादुर रजन मगर सहित २२५ मत अन्तरले नेकपा एमालेको प्यानल नै विजयी भएको हो ।

टेकबहादुर रजन मगरको टीमले ७८५ मत प्रप्त गरेर सत्तापक्ष गठबन्धनका उम्मेदवार कुशल पोखरेललाई हराउदै जित हासिल गर्न सफल भएको छ । जसमा गठबन्धन तर्फका उम्मेदवार पोखरेलले ५६० मत प्रप्त गर्न सफल भएका छन् ।

फिक्कल–३ यस अघि भएको स्थानीय निर्वाचनमा समेत टेक बहादुर रजन मगरको टीमले सफलता हासिल गर्न सफल भएको थियो ।

गठबन्धन गरिएपनि आफ्नै पार्टीका नेता कार्यकर्ताले धोका दिएका कारण हार व्यहोर्नुपरेको फिक्कल कांग्रेसको अरोप छ । कांग्रेस हुँ भन्दै मतदान गर्दा नेकपा एमालेलाई सहयोग गरेको समेत अनुमान गरिएको छ ।