Logo

बागमती पेज

जेष्ठ ३, २०७९ मंगलबार

अघि बढ्दै बालेन, केशव स्थापितको कति मत आयो ?


काठमाडौं । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ले ४ हजार ४५७ मतान्तर बनाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार शाहले ९ हजार ६१४ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५ हजार १५७ मत मात्र पाएका छन् ।

कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४७७ मत पाएकी छन् । उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल अगाडि छन् । उनले ९ हजार ४२१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ६६४ मत पाएका छन् ।