Logo

भवानी कार्की

जेष्ठ ६, २०७९ शुक्रबार

गठबन्धनलाई हराउँदै रामेछापको खाँडादेवी गाउँपालिकामा एमाले विजयी


रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मदेवारहरु विजयी भएका छन् ।

शुक्रबार बिहान सम्पन्न मतपरिणाम अनुसार एमालेका उम्मेदवार ज्ञानकुमार श्रेष्ठ ७ हजार ३ सय ५९ मसहित विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नवराज थोकरले ४ हजार ९ सय ९ मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा एमालेकी रमा घिसिङ ७ हजार ४५८ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मानबहादुर लामाले ४ हजार १११ मत प्राप्त पाए ।

एमालेले खाँडादेवीका ९ मध्ये ७ वटा वडाका सबै प्रतिनिधिसहित विजयी हासिल गरेको छ । कांग्रेसले वडा नम्बर ६ र माओवादी केन्द्रले वडा नम्बर १ मा जित हात पारेको छ ।