Logo

बागमती पेज

जेष्ठ १०, २०७९ मंगलबार

सर्वाधिक मतसहित नुवाकोटे टाइगर निर्वाचित


काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर उर्फ कमल तामाङले शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा सर्वाधिक मत ल्याई वडा सदस्यमा विजयी भएका छन् ।

तामाङले नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट विष्णु श्रेष्ठको प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका थिए ।तामाङले नेपाली काँग्रेसका अभियान आचार्यलाई २४१ मतको मतान्तरले हराएका थिए ।

उनी नेपालको चर्चित रेस्लर खेलाडि (नुवाकोटे टाइगर) भनेर देश तथा बिदेशमा समेत चर्चित रहेका छन् ।

विगत केहि बर्ष यता आफ्नो गाँउमा राम्रो र जनताले चाहेको जस्तो राजनीतिक नभएको कारण उनले आफैं राजनीतिमा लाग्ने निर्णय गरे ।

यस्तै, अध्यक्ष पदमा श्रेष्ठले ७६१, महिला सदस्यमा भगवती बुढाथोकीले ७७०, दलित महिला सदस्यमा जानुका नेपालीले ७६० र खुल्ला सदस्यमा विशाल थापाले ७११ मत प्राप्त गरी विजयी भएका थिए ।

शुक्रबार गाउँपालिकाको कार्यालय शेराबगरमा पदभार ग्रहण गर्दै नागरिकको आवश्यक्ता अनुसार शिवपुरीको विकासका निमित्त खट्ने नवनिर्वाचित सदस्य तामाङले बताएका छन् ।