Logo

बागमती पेज

जेष्ठ १२, २०७९ बिहीबार

काठमाडौँ महानगरको अर्को वडामा एमालेको प्यानल निर्वाचित


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं  १३ मा नेकपा एमालेको प्यानल नै विजयी बनेको छ ।

काठमाडौँ महानगरपालिका वडा नं  १३ को अध्यक्षमा नेकपा  एमालेका ध्रुवनारायण मानन्धर निर्वाचित भएका छन् । मानन्धरले ३१२४ मत पाए भने प्रतिस्पर्धी नेपाली काँग्रेसका सुरेन्द्र मानन्धरले २६५४ मत प्राप्त गरेका हुन् ।

त्यस्तै वडा नं १३ को सदस्यमा रुपेश महर्जन र रामबाबु कोइराला निर्वाचित भएका छन् भने महिला सदस्यमा रजनी महर्जन र दलित महिला सदस्यमा मैया देउला निर्वाचित भएकी छन्।