Logo

मेघनाथ पहाडी

जेष्ठ १२, २०७९ बिहीबार

काठमाडौं महानगरको वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका ईश्वरमान डंगोल विजयी


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १५ मा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेको छ ।

महानगर १५ को अध्यक्षमा ईश्वरमान डंगोल भारी मतका साथ विजयी बनेका हुन् । उनी यस अघि समेत वडाध्यक्ष रहेका थिए । अध्यक्ष समेत प्यानल नै समाजवादीको टीम विजयी बनेको हो ।

नेपाली कांग्रेसका उम्मेदवार जीवन डंगोललाई पराजित गर्दै वडाध्यक्षमा नेकपा एसका ईश्वरमान डंगोल दोस्रो कार्यकालका लागि दोहोरिएका छन्। उनले तीन हजार ४७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डंगोलले एक हजार ५७२ मत ल्याए।

चार सदस्यमा पनि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका छन्। वडासदस्य खुलामा विजु श्रेष्ठ र अवसरा केसी, महिला सदस्यमा मैयालक्ष्मी महर्जन र दलित महिला सदस्यमा रीता मिजार विजयी भएका हुन्।