काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्सको जहाज लामो समय सम्पर्कविहीन भएपश्चात् आज भेटियो ।
नेपाली सेनाको टोलीले मानापाथि हिमालको फेदमा दुर्घटनाग्रस्त हेलिकोप्टर पत्ता लगाएर आज १० जनाको शव काठमाडौँ ल्याएको छ ।
बाँकी रहेका शवहरू भोलि काठमाडौँ ल्याउने सेनाले जनाएको छ । अहिले पनि नेपाली सेनाको एउटा टोली घटनास्थलमा नै छ । जहाजको ब्ल्याक बक्स अझै फेला परेको छैन ।
प्रतिक्रिया दिनुहोस्