Logo

बागमती पेज

जेष्ठ २०, २०७९ शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै घट्यो गाडी भाडा


पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेपछि सार्वजनिक यातायातको सवारी भाडा घटेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजनसँगै गाडी भाडा समायोजन गरेको हो ।
नेपाल आयल निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गरेको थियो । त्यससँगै विभागले सार्वजनिक यातायातको सवारी भाडा समायोजन गरेको छ । अहिले यात्रुवाहक सवारीको भाडा २ प्रतिशतले घटेको छ ।
यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २९ प्रतिशतले घटेको छ ।