Logo

बागमती पेज

जेष्ठ २३, २०७९ सोमबार

काठमाडौंको फोहोर भोलिबाट उठ्ने (हेर्नुहोस् सहमति पत्र)


काठमाडौं । काठमाडौं महानगरपालिकाको लामो समयसम्म उठ्न नसकेको फोहोर अन्तत उठ्ने भएको छ । सोमबार भएको जनप्रतिनिधिहरुको छलफलले मंगलबारबाट काठमाडौं महानगरभित्र थुप्रिएको फोहोर उठाउने सहमति भएको हो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा बसेको जनप्रतिनिधिहरुबीचको बैठकले फोहोर व्यवस्थापन गर्ने सहमति जुटाएको हो । स्थानीयले राखेका विभिन्न माग पुरा गर्ने महानगरले प्रतिबद्धता जनाए पछि मंगलबार ८ बजेबाट काठमाडौंको फोहोर उठाउने सहमति भएको जनाइएको छ ।

बैठकमा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल तथा ककनी, धुलिबेसी, गोकर्णेश्वर जनप्रतिनिधिको सहभागिता थियो । सहमति पत्रमा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धता जनाइएका छन् ।

सहमतिअनुसार महानगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्ने, उपत्यकामा उत्पादन हुने फोहोरलाई साउन १ गतेदेखि स्रोतमै वर्गीकरण गर्न प्रतिवद्धता जनाएको छ । सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोरतपक्षले फोहर बिसर्जन गर्न दिने भएको हो ।

गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकालगायतले फोहोर उठाउन सकेका छैनन् ।