Logo

बागमती पेज

जेष्ठ २३, २०७९ सोमबार

जान्नुहोस् खालि पेटमा लसुन खादाका फाईदा…


लसुन अत्यधिक औषधीय गुण भएको चिज हो । यो विभिन्न खाले रोगको रोकथाम तथा उपचारमा प्रभावकारी हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

तरकारी वा अन्य परिकारमा लसुन हालेर खाने त हामी सबैले गरेकै हुन्छौँ । तर खाली पेटमा लसुन खाने बानी भने हुँदैन । तर बिहान खाली पेटमा लसुन खानु निकै फाइदाजनक हुन्छ । बिहान खाली पेटमा लसुन खानु किन बढि प्रभावकारी हुन्छ ? किनकी बिहानको समयमा ब्याक्टेरिया बढि मात्रामा बाहिर आएका हुन्छन्, जसलाई लसुनमा हुने तत्वले नष्ट गर्न सक्छ ।

खाली पेट लसुन खानुका फाइदा यस्ता छन् :

· उच्च रक्तचाप नियन्त्रण- बिहान खाली पेटमा लसुनको केही केश्रा नियमित रुपमा खानाले रक्तप्रवाह सन्तुलित गराउने तथा मुटुसँग सम्बन्धित विभिन्न खाले समस्याका साथै कलेजो तथा मुत्रथैलीको संक्रमणको जोखिम समेत कम गर्छ ।

· झाडापखाला नियन्त्रण- सामान्य खाले झाडापखालको उपचारका लागि लसुनको सेवन हितकर हुन्छ । बिहान खाली पेटमा लसुन चपाउनुहोस्, त्यसले झाडाबान्तामा फाइदा पुग्छ ।

· भोक लाग्दैन ? लसुन खानुस्- लसुनले पाचन क्रियालाई नियमित गर्दछ र भोक बढाउन मद्दत गर्दछ । यसले तनाव कम गर्नुका साथै पेटमा हुने अम्लपना समेत नियन्त्रण गर्न सहयोग पूराउँछ ।

· दम, निमोनिया, ब्रोंकाइटिस, चिसो लाग्ने समस्या तथा खोकी लगायतका स्वासप्रस्वास जन्य समस्याको घरेलु उपचारमा लसुन निकै उपयोगी सिद्ध हुन्छ ।

· लसुनको नियमित सेवनले कब्जियतको समस्या समेत कम गर्दछ ।