Logo

बागमती पेज

जेष्ठ २४, २०७९ मंगलबार

पराजुलीको नेतृत्वमा विद्यार्थी विशेष जिल्ला कमिटी गठन


काठमाडौं : नेकपा (एकीकृत समाजवादी)पार्टीले विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको छ । अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरिएको हो ।

कमिटीमा उत्तर खड्का, प्रकाश शाही, मनोज चन्द, हर्क बम, डा निश्चल गुप्ता, मनिषा कार्की, लक्ष्मी क्षेत्री बिसी, अनु आँकुरा, प्रदिप थापा, देवीराम जैसी, अम्मर पुन, अञ्जलिका श्रेष्ठ, प्रविण विष्ट, ओम अधिकारी , किरण पौडेल, न्यूसन लामिछाने, सन्तोष शेर्पा, आकाश खनाल, मुकेश कुँवर, प्रकाश श्रेष्ठ, आशिष थपलिया, गौरव थापा, सुदिप घिमिरे, अविचल पाण्डे, शोभा बम ठकुरी, टुपेन्द्र प्रसाई, तर्क शाही, मनोज शाही, प्रदिप खनाल, सरु रिजाल, नरेश न्यौपाने र सुमन पौडेल सदस्य रहेका छन् ।

कमिटीको सपथ ग्रहण कार्यक्रम बुधबारका लागि राखिएको अध्यक्ष पराजुलीले रातोपाटीलाई जानकारी दिए ।