Logo

मेघनाथ पहाडी

जेष्ठ २७, २०७९ शुक्रबार

एन्फा अध्यक्ष उम्मेदवार पङ्कज नेम्वाङका पाँच सूत्र !


काठमाडौँ । अखिल नेपाल फुट्बल सङ्घ (एन्फा)को नयाँ नेतृत्वसहितको २१ सदस्यीय कार्यसमितिको चयन आमागी असार ६ गते हुँने भएको छ । उक्त निर्वाचनमा वरिष्ठ उपाध्यक्ष रहेका पङ्कजबिक्रम नेम्वाङले अध्यक्षमा आफ्नो उम्मेद्वारी दिएका छन् ।

अध्यक्ष सहित पुरै पदाधिकारी टिमको प्यानल बनाउँदै उम्मेद्वारी दिएका नेम्वाङले चुनावमा आफ्नो टिम किन र केका लागि भन्दै मतदाता सामु आफ्ना पाँच सूत्र सार्वजनिक गरेका हुन् ।

“हाम्रो एकता स् नेपाली फुट्बलको व्यवसायिकता” भन्ने मूल नाराका साथ उक्त पाँच सूत्रलाई आफ्नो टिमको चुनाव जित्ने आधार रहेको उनले बताएका छन् ।

पंकजका ५ सूत्र :

  • समर्थक हाम्रो शक्ति
  • सामथ्र्य सदस्य संस्था
  • सामुहिकता हाम्रो विश्वास
  • सम्पति हाम्रो खेलाडी
  • सुशासन हाम्रो प्रतिवद्धता

फुट्बलका समर्थक हाम्रो शक्ति – एन्फाको सदस्य संस्थाहरु नै हाम्रो सामथ्र्य रहेको बताएका छन् । त्यस्तै फुट्बल खेलमा जस्तै संस्थामा पनि सामुहिकता नै हाम्रो विश्वास र सबै क्लबमा आवद्ध हुने खेलाडीलाई एन्फाले मूल सम्पतिको रुपमा लिईएको छ । सुशासन नै हाम्रो प्रतिवद्धता भन्दै यी पाँच वटा सूत्रलाई मनन् गर्दै अघि बढे एन्फालाई सफल नेतृत्व प्रदान गर्न सकिने आफ्नो प्रतिवद्दता जनाएका छन् ।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पङ्कजबिक्रम नेम्वाङ र फ्रेण्ड्स क्लवका अध्यक्ष राजीव पौडेलबीच प्रतिष्पर्धा हुदैछ । यसअघिको चुनावमा एकै प्यानलबाट चुनाव लडेका यिनै नेताहरुको त्रिपक्षीय भिडन्त देखिए पनि यसपटक भने शेर्पा र नेम्वाङबीच नै प्रतिष्पर्धा हुने खेल विश्लेषकहरुको बुझाई रहेको छ ।