Logo

बागमती पेज

जेष्ठ २९, २०७९ आईतबार

काठमाडौं महानगरमा १० वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याउने तयारी


काठमाडौँ । काठमाडौं महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ । सार्वजनिक शौचालय नहुँदा सर्वसाधरणले सास्ती खेप्नु परेपछि महानगरपालिकाले १० वटा सार्वजनिक स्मार्ट शौचालय सञ्चालन गर्न लागेको हो ।

काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै महानगरका प्रमुख बालेन्द्र शाहले थप १० वटा सौचालय थपिने बताएका हुन् । काठमाडौं महानगर भित्रका केही संस्थाहरुले आफ्नो शौचालयहरु स्वस्फुर्त रुपमा सर्वसाधरणलाई प्रयोग गर्न दिने निर्णय गरेको पनि उनले बताए ।

यस्ता संस्थाहरुले कार्यालय समयमा आफ्नो शौचालय सर्वसाधरणलाई पनि प्रयोग गर्न दिने उनले जनाएका छन् । शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिईने समेत उनले बैठकमा स्पष्ट पारे ।

आफ्नो शौचालय सर्वसाधरणलाई प्रयोग गर्न दिने संस्थाहरुलाई हरेक चार महिनामा महानगरले सरसफाई सामाग्री उपलब्ध गराउने समेत उनले बताएका छन् ।