Logo

बागमती पेज

जेष्ठ ३०, २०७९ सोमबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनताका घरमा खाना खाँदै


काठमाडौँ । नेकपा माओवादी केन्द्रका पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कामका शिलशिलामा सोमबार बर्दिया पुगेका छन् । त्यसक्रममा प्रचण्डले स्थानीय कार्यकर्ताको घरमा पुगेर सँगै खाना समेत खाएको तस्बिर सार्वजनिक भएको छ ।

प्रचण्डले कार्यकर्ताहरूसँग भुईँमै बसेर पलेँटी कसेर खाना खाँदै गरेको तस्बिर छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहालले फेसबुकमार्फत तस्बिर सार्वजनिक गरेकी हुन् ।

स्थानीय कार्यकर्ताको घरमा खाना खाएपछि प्रचण्ड नेकपा ९ माओवादी केन्द्र बर्दिया जिल्ला समन्वय समितिद्वारा आयोजित वैचारिक तथा राजनैतिक प्रशिक्षणमा सहभागी भएका छन् ।

प्रशिक्षण कार्यक्रममा पनि कुर्सीबिनाको मञ्चमा बसेर अध्यक्ष प्रचण्डले नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएका छन् । यसअघिका कार्यक्रममा प्रचण्ड मञ्चमा सोफामा बस्ने गरे पनि बर्दियामा फरक दृश्य देखिएको छ ।