Logo

बागमती पेज

असार २, २०७९ बिहीबार

मेयर बालेन्द्र साहमाथि पत्रकारलाई दुव्र्यवहार गरेको आरोप


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । उनिमाथी काठमाडौंको टेकुस्थित फोहोर प्रशोधन केन्द्रमा रिपोर्टिङका लागि पुगेका हिमालय टेलिभिजनका सञ्चारकर्मीलाई दुर्व्यवहार गरेको आरोप छ ।

घटना विवरणअनुसार हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र र क्यामराम्यान अभिष्ट लामा दिउसो दुई बजेतिर टेकुस्थित वातावरण तथा कृषि विभागमा पुगेका थिए ।

त्यस क्रममा पत्रकार र क्यामराम्यानमाथि दुर्व्यवहार गरिएको र खिचिएका फुटेजहरू डिलिट गर्न लगाइएको दाबी हिमालय टेलिभिजनले गरेको छ । तर बालेन र उनको सचिवालयले भने यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन भने जवरजस्ती भिडियो हटाउन नलाएको सचिवालयको भनाई छ ।

मेयर बालेन्द्र साहले आफुसँग अनुमती नलिई बुम तेर्साएको र भिडियो खिचेकोमा अपत्ती जनाएका छन् । भिडियो खिच्न रोक लागाएपछि हिमालयन टिभीको अर्को टोली आएर पत्रकारमाथी दुव्र्यवहार भएको भन्दै लाइभ रिपोर्टिङ गरेको थियो ।