Logo

बागमती पेज

असार ३, २०७९ शुक्रबार

महिलालाई दुर्व्यवहार गरेपछि चिर्पटले हिर्काएर हत्या


काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ स्थित बोडेमा ५२ वर्षीय कल्याण साहु मृत भेटिएका थिए । उनको मृत्युमा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले निष्कर्ष निकालेको छ । जेठ २९ मा उनी मृत भेटिएका थिए । बोडे तीन दोबाटोस्थित लर्डबुद्ध स्कुल अगाडि दिल कुमार श्रेष्ठको जग्गामा निर्माणाधिन टहरामा मृत भेटिएका साहु त्यहीँका स्थानीय हुन् ।

जेठ २८ मा राति १० बजेतिर उनी घरबाट निस्केका थिए । राति पौने ११ बजेतिर बोडे एरियामा पाटीमा बस्ने २९ वर्षीया जमुना तामाङलाई उनले दुव्र्यवहार गरेको प्रहरीको अनुसन्धाबाट खुलेको छ । कल्याण साहुले दुव्र्यवहार गरेपछि जमुना चिच्याएकी थिइन् ।

जमुनाका श्रीमान शौचालय गएको समयमा साहुले उनलाई दुव्र्यवहार गरेका थिए । उनका श्रीमान शौचालयबाट फर्कियपछि केहिवेर झगडा पनि भएको थियो । झगडा पश्चात चिर्पटले हिर्काएर कल्यणको हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।
हत्यामा सँलग्न सवैलाई प्रहरीले पक्राउ गरको छ ।