Logo

बागमती पेज

असार ३, २०७९ शुक्रबार

राजनीतिमा होमिदै सञ्चारकर्मी रवि लामिछाने


काठमाडौँ । सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा होमिएका छन् । आगामी प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्ने योजनासहित उनले बिहीबार ग्यालेक्सी टेलिभिजनबाट बिदा लिएका छन् ।

लामिछानेले राजनीतिमा आउने घोषणा गरेसँगै धेरै प्रश्नहरु उत्रियका छन् । उनले पार्टीबाट वा स्वतन्त्र उम्मेदवारी दिने भन्ने स्पष्ट भएको छैन । निर्वाचन क्षेत्र पनि भनेका छैनन् । यद्यपि, रविले आफू राजनीतिमा आउने पहिल्यैदेखिको योजना रहेको बताए । अहिले उठेका सबै जिज्ञासाको जवाफ आफूले आगामी ७ गते दिने उनको भनाइ छ ।

रविले पार्टी तय नगरीसकेको बताएका छन् । आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने कुराको विचार गरिरहेका उनले असार ७ गते सम्म फाइनल गर्ने बताएका छन् । स्वतन्त्र बाट चुनाव लड्ने वा पार्टीबाट जाने टुंगो नभएको रविको भनाई छ ।