Logo

बागमती पेज

असार ७, २०७९ मंगलबार

सचिनको नयाँ गीत ‘किन हर हर’ सार्वजनिक


काठमाडौं । गायक सचिन रौनियारको नयाँ गीत ‘किन हर हर ’(पपया भर्सेज जिलेट) सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द र संगीत छ ।

गीतको भिडियोमा भने गायक सचिनकी छोरी सिल्भिया रौनियार र सुनिल छेत्रीको अभिनय छ । सिल्भियाले यसै भिडियोबाट अभिनयमा डेब्यु गरेकी हुन् । गायनमा भने रौनियारलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छन् ।

सुनिल छेत्रीको निर्देशन रहेको भिडियोमा दुर्गा पौडेलको छायाँकन, अमृत चापागाईको सम्पादन छ । करिब तीनदशक गायनमा बिताएका गायक रौनियारका थुप्रै गीतले चर्चा पाएका छन् ।