Logo

बागमती पेज

असार ७, २०७९ मंगलबार

विहे गर्ने आश देखाएर युवतीमाथी बलात्कार


काठमाडौँ । बैदेशीक रोजगारबाट फर्कियकी २४ वर्षीय युवतीमाथी बलात्कार भएको छ । काठमाडौँ चुच्चेपाटीमा बस्ने गरेकी ती युवतीले १५ दिनसम्म सामाजिक स्रजाल इमो मार्फत सम्पर्कमा आएका एकजना युवकसंग कुरा गरेकी थिइन् । इमोमै नम्वर पनि साटासाट भयो । फोनमा विवाहा गर्नी योजना बनाएका उनिहरुले चावहिलको गणेश मन्दिरमा विहे गर्ने सहमत भएका थिए ।

काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका विश्व तामाङ युवतीलाई बलातकार गर्ने व्यक्ती हुन् । उनले चाहिल चोकबाट युवतीलाई भोटेबाहाल लगेको थिए । भोटेबहालमा रहेको ‘होली क्यासल’ गेष्ट हाउसको कोठा नम्बर ३०१ मा लगेर विश्वले उनलाई बलात्कार गरेका हुन् ।

जुसमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ । ‘नशा लागेर पीडित बेहोस भएपछि आरोपी बलात्कार गरी लुटेर भागेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । नशा लागेपछि विश्वले उनको साथमा भएको १ लाख नगद, सिक्री र ५ जोर मुन्द्रा लुटेर हिँडे । पीडितले प्रहरीलाई बताए अनुसार विश्वले करिब २ तोला सुन लुटेका छन्

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार पूर्व योजना अनुसार आरोपीले गेष्ट हाउसको लगबुकमा युवतीकै परिचयपत्र र मोबाइल नम्बर इन्ट्री गराएका थिए । बलात्कारपछि पीडितको मोवाइल समेत लिएर उनी भागेको प्रहरीले जानकारी दिएको छ ।