Logo

बागमती पेज

असार ८, २०७९ बुधबार

न्यायाधीशको अडियो छानविन गरी कानुनी दायरामा ल्याउन माग


काठमाडौँ । ठगीको आरोप लागेका इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेल बीचमा भएको मोलमोलाईको अडियोका बारेमा छानबिन गर्न नेपाल बार एशोसिएशनले माग गरेको छ ।

एशोसिएशनकी महासचिव अधिवक्ता अन्जिता खनालले विज्ञप्ति निकालेर सार्वजनिक भएको अडियो समाचारका सम्बन्धमा त्यसको आधिकारिकता र सत्य–तथ्य ब्यहोराको अनुसन्धान तथा छानबिन गरी उक्त कार्यमा कोही कसैको संलग्नता रहेको पाइएमा कसुरदारलाई कानूनी दायरामा ल्याउनका सम्बन्धित नियमनकारी निकायहरुसँग माग गरेकी छिन् ।

न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालामाथि छानबिन गर्न समिति बनाएको छ । यस्तै बार काउन्सिलले पनि अधिवक्ता पोखरेलसँग स्पष्टिकरण मागेको छ ।