Logo

बागमती पेज

असार ९, २०७९ बिहीबार

बूढानीलकण्ठमा महिलाको शव भेटियो, एक जना पक्राउ


काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एक जना महिलाको शव फेला परेको छ ।

बूढानीलकण्ठ नगरपालिका- ३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर-८ स्थित भंगालमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्रेको छ ।