Logo

बागमती पेज

असार ९, २०७९ बिहीबार

कुहिने नकुहिने फोहोर घरमै छुट्याउन महानगरको निर्देशन, नियम पालना नभए जरिवाना…


काठमाडौ । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन सार्वजनिक सूचना जारी गरेको छ । महानगरपालिकाले साउन १ गतेदेखि स्रोतमा नै फोहोरको पृथकीकरण अथवा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई अनुरोध गरेको हो ।

महानगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ १, र २ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ १ र २ को व्यवस्था अनुसार यो सूचना जारी गरेको हो ।

उक्त व्यवस्था अनुसार कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादन कर्ताको नै भएको भन्दै महानगरपालिकाले पृथकीकरण गरी कुहिने र नकुहिने फोहोर पालैपालो सङ्कलन गर्ने जानकारी गराएको छ ।

स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने भन्दै महानगरपालिकाले नियमअनुसार नगरे प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना हुने स्पष्ट गरेको छ ।