काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई मनोनित गरेको छ । बुधबार बसेको एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले उनलाई विदेश विभाग प्रमुखमा मनोनित गरेको हो ।
यसअघि उनी कर्मा छिरिङ शेर्पा नेतृत्वको एन्फामा पनि विदेश विभाग प्रमुख र अध्यक्षका प्रमुख सल्लाहकार बनेका थिए । तर गैरआवासीय नेपालीलाई मनोनित गरेको भन्दै विरोध भएको थियो । त्यसपछि उनले ८ महिनामा नै राजीनामा दिएका थिए ।
उनीसँग जर्मनीको स्थायी आवासीय अनुमति पत्र रहेको भन्दै विरोध भएको थियो ।
बुधबार नै बसेको एन्फा कार्यसमितिको बैठकले महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई मनोनित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्