Logo

मेघनाथ पहाडी

भाद्र २५, २०७९ शनिबार

राष्ट्रिय युवा संघ बागमती प्रदेशको अध्यक्षमा जय गुरुङ


काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनबाट जय गुरुङ अध्यक्षमा चयन भएका छन् । जय गुरुङको नेतृत्वमा ९७ सदस्यीय युवा संघ नेपालको कार्यसमिति चयन गरिएको हो ।

राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश प्रथम अधिबेसनबाट चुनिएका पदाधिकारीहरुः
अध्यक्ष:
जय गुरुङ
उपाध्यक्ष:दिलिप पौडेल
सचिव: राजु तिवारी
सहसचिव: माधव श्रीमाली
सहसचिव: राजेश खड्का
कोषाध्यक्ष: नरेन्द्र भण्डारी
प्रवक्ता: भानु पौडेल
युथफोर्स प्रमुख: सुरेन्द्र योन्जन
युथफोर्स सचिव: सुमित जंग कार्की

विद्यार्थी जीवन देखि नै अनेरास्ववियु, सम्पर्क मञ्चमा रहेर काम गर्दै अन्तर जिल्ला कमिटीको अध्यक्ष समेत भएका गुरुङ युवा संघ केन्द्रीय सदस्य हुँदै पार्टी विभाजन पछि राष्ट्रिय युवा संघ केन्द्रीय कमिटीको सहकोषाध्यक्ष समेत हुन सफल भए ।

नेता गुरुङ खुला प्रतिस्पर्धाबाट रामेछापको जिल्ला कमिटी सदस्य समेत निर्वाचित भएका थिए । विद्यार्थी जीवन देखिनै अनेरास्ववियुमा आवद्ध भएर काम गर्दै आएका गुरुङले यस अघि पनि विभिन्न जिम्मेवारी सफल ढंगले निर्वाह गर्दै आएका थिए ।