Logo

बागमती पेज

असार ९, २०७९ बिहीबार

यौन हिंसामा परेकालाई क्षतिपूर्ती रकम दिनुपर्ने मानव अधिकारकर्मीको जोड


काठमाडौँ । संसदको कानून, न्याय तथा मानवअधिकार समितिका सदस्यहरुले बलात्कार तथा यौन हिंसामा परेका महिलाहरुलाई क्षतिपूर्ती रकम राज्यको कोषबाट दिने व्यवस्था गर्नु पर्नेमा जोड दिएका छन् ।

समितिको बैठकमा सदस्यहरुले पीडकलाई कारबाही र जरिवाना गरेपछि जरिवानाको रकम पीडितलाई दिने भन्दा उसको आत्मसम्मानमा आँच पुग्न सक्ने बताएका छन् ।

बलात्कार तथा यौन हिंसामा परेका महिलाहरुलाई पीडकले उल्टो मेरै सम्पती खाएकी छे भन्ने प्रवृत्ति देखाएका कारण अर्थ मन्त्रालयसँग पनि छलफल गरेर पीडितलाई राज्यकोषबाटै क्षतिपूर्ति दिने व्यवस्थाका मिलाउनको निमित्त पहल भएको हो ।

समिति सदस्य बिन्दा पाण्डले पीडित महिला तथा बालबालिकाको शिक्षा, स्वास्थ्य, रोजगारीको जिम्मा राज्यले लिनुपर्ने बताएकी छन् । पीडकलाई भविष्यमा पनि कुनै सार्वजनिक पदमा रहन अयोग्य हुने व्यवस्था गर्नु पर्ने पनि पाण्डेले बताइन् ।