Logo

बागमती पेज

असार १०, २०७९ शुक्रबार

बलात्कार असफल भएपछि १५ वर्षीया लाई जिउँदै आगो लगाइयो


काठमाडौँ । भारतको बिहारको सीतामढी जिल्लामा १५ वर्षीया किशोरीलाई बलात्कार गर्न सफल नभएपछि जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ । ४० प्रतिशतसम्म जलिसकेकी पीडितको उपचार हाल मुजफ्फरपुरको एक अस्पतालमा चलिरहेको छ ।

यो घटना सीतामढीको पुपरी थाना क्षेत्रको हो । पीडितको भनाइअनुसार एकजना व्यक्ति उनी भएठाउँ आएर जबरजस्ती करणी गर्ने प्रयास गरे । बलात्कार प्रयास असफल भएपछि ती व्यक्तिले उनको शरीरमा पेट्रोल खन्याएर आगो लगाइदिए । आगो लागाउने दोषीलाई कारवाही गर्दै प्रहरीले न्यायिक हिरासतमा पठाएको छ । ’

यद्यपि, स्थानीय मिडियाले अभियक्तसँग उनको अर्को एउटा सहयोगी पनि भएको बताएको छ । स्थानीय पत्रकार मोना पटेलले बीबीसी हिन्दीसँगको कुराकानीमा भनिन्, ‘पीडित अहिले थोरै मात्र बोल्न सकेकी छिन् । त्यसैले घटनाबारे स्पष्ट जानकारी पाउन समय लाग्नेछ ।’