Logo

बागमती पेज

असार १०, २०७९ शुक्रबार

किन परपुरुषसँग अवैध सम्बन्ध राख्छन् विवाहित महिलाहरु…


एजेन्सी । विवाहित महिलाहरुले आफ्नो पति हुँदाहुँदै पर-पुरुषसँग किन अवैध सम्बन्ध राख्छन् त ? प्रश्न निकै जटिल छ । कुनै पनि परपुरुषसँग शारीरिक सम्बन्ध राख्ने इजाजत हाम्रो संस्कृतिले दिँदैन । तर पनि कतिपय महिलाहरु परपुरुषसँग आकर्षित हुने गरेको पाइन्छ । यसको कारण व्यक्तिगत रुपमा फरक-फरक हुनसक्छ । त्यसमा पनि मुख्यतया पाँच कारण नै बढी जिम्मेवार हुने गरेको पाइन्छ । के हुन् त ती पाँच कारणहरु ?

एक्लोपना: पुरुषहरु प्राय: काममा व्यस्त हुने भएकाले घरबाहिर नै रहन्छन् । उनीहरुले पत्नीलाई पर्याप्त समय दिन सक्दैनन् । अझ हाम्रोजस्तो मुलुकमा त हजारौँ युवा विवाह गरेर विदेशिएका छन् । यस्तो अवस्थामा लामो समयसम्म उनीहरुबीच भेटघाटसमेत हुँदैन । यता पत्नीहरुलाई भने एक्लोपनाले सताउन थाल्छ । यौन चाहना पनि विस्तारै बढ्दै जान्छ । अनि नचाहेरै पनि उनीहरुमा विकल्पको सोच उत्पन्न हुन्छ । जसले उनीहरुलाई परपुरुषको जालमा पुर्‍याउँछ ।

बढी उमेरको वा मन नपरेको जीवनसाथी: हामीकहाँ विवाह अझै पनि आफूलेमात्र चाहेर हुने अवस्था छैन । त्यसमा परिवारको पनि स्वीकृति अनिवार्य मानिन्छ । अझै धेरैले त बाबुआमाले खोजेको वा अभिभावकले मात्र मन पराएको केटासँग विवाह गर्छन् । यस्तो अवस्थामा जीवनसाथी आफूले चाहेको र मनपराएको जस्तो नहुन सक्छ । कतिपय बढी उमेरका हुने गरेको पाइन्छ भने कतिपयको रुपरंग मन नपर्ने खालको हुनसक्छ । यस्तो अवस्थामा पत्नीहरु पतिप्रति विकर्षित र परपुरुषप्रति आकर्षित हुने जोखिम बढ्छ ।

यौन समस्या: कतिपय पुरुषमा के पनि समस्या हुन्छ भने उनीहरु आफ्नो पत्नीलाई यौनसम्बन्धका दौरान पूर्ण सन्तुष्टि दिन सक्दैनन् । यसमध्ये केहीमा यौन समस्या हुने गरेको पाइन्छ भने केहीले पार्टनरको फिलिङ्सलाई ख्याल नराखी सम्बन्ध राख्छन् । यसले महिलालाई पूर्णसन्तुष्टि दिन सक्दैन । अनि उनीहरु परपुरुषप्रति आकर्षित हुन थाल्छन् ।