Logo

बागमती पेज

असार १२, २०७९ आईतबार

क्यानडा टुर र लिग–२ का लागि क्रिकेट टोली घोषणा


काठमाडौँ । क्यानडा टुर र लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ ।

लिग–२ का लागि अमेरिका भ्रमण गरेको टिमबाट सुनिल धमला, सुशन भारी र सागर ढकाल टिम बाहिर परेका छन् । बसिर अहमद र पवन सर्राफ भने टिममा अटाएका छन् ।

टोलीका अन्य सदस्यहरुमा उपकप्तान रोहित पौडेल, कुशल भुर्तेल, विकेट किपर आसिफ शेष, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेष, करन केसी, सोमपाल कामी, आदिल अन्सारी, किशोर महतो र विनोद भण्डारी छन् ।

नेपालले क्यानडासँग २ एक दिवसीय शृङ्खला खेल्ने छ । नेपाली टिम खेलका लागि असार १४ गते क्यानडा उड्ने गरी टिकटको व्यवस्थापनमा लागेको नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासले जानकारी दिए ।