Logo

बागमती पेज

असार १२, २०७९ आईतबार

बजेट काटिएको गुनासो गर्दे सुदरपश्चिम प्रदेशका मन्त्री काठमाडौँमा


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास काठमाडौं पुगेका छन् ।

सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले काटिदिएको भन्दै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताको ध्यानाकर्षण गराउन बोहरा काठमाडौं पुगेका हुन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशसभा सदस्य तथा तल्लो तहबाट माग भएर आएका योजना आर्थिक मामिला मन्त्रालयले काटेर ठूलो बजेट मन्दिर निर्माणमा पारिदिएपछि असन्तुष्टि बढेको हो ।

सामाजिक विकास मन्त्री बोहराले यो बीचमा मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएपनि सुनवाइ नभएको भन्दै शीर्ष नेताबाट दबाव दिन काठमाडौं पुगेका हुन् ।