Logo

बागमती पेज

असार १४, २०७९ मंगलबार

उपत्यकामा हैजा: संक्रमणको मूल कारण पानी


काठमाडौँ । काठमाडौँ लगाएत उपत्यकाका १० स्थानमा हैजाको संक्रमण पाइएको छ । पानी कै माध्यमबाट संक्रमण फैलिएको देखिएको छ । उपत्यकामा जार र बोतलको पानिनै दुषित भेटिएपछि हैजा देखीएको हो ।

जार, बोतलका पानी ढुक्क भएर पिउने अवस्था छैन । त्यसैले हामीले जार, बोतलका पानी पनि अनिवार्य रुपमा उमालेर मात्र प्रयोग गर्नुपर्छ । केही स्थानमा जार, बोतलका पानी पनि प्रदूषित भएको भेटिएको छ ।

हैजा महामारीको रुपमा फैलिन सक्ने सम्भावना भएका कारण पानि शुद्धिकारण गरेर खाने र जथाभावी पानिपुरी चटपटे नखान चिकित्सकको सुझाव छ । अहिले पनि हैजाको संक्रमण फैलने जखिम उच्च नै छ । त्यसैले सरकार र जनता दुवै पाटोबाट सजगता अपनाउन जरुरी छ ।

सरकारले हैजा फैलन नदिन काम गरिरहेको छ । जनताले पनि व्यक्तिगत सरसफाइ तथा खाना, पिउने पानीमा विशेष ध्यान दिएको खण्डमो विस्तारै जोखिम कम हुँदै जान्छ । यसो नगरेको खण्डमा जोखिम झन् बढ्दै जान्छ ।