Logo

बागमती पेज

असार १४, २०७९ मंगलबार

सिंघिया खोलाले बगायो विराटनगरको बस्ती


काठमाडौँ । अबिरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ ।

मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नं ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बिस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खोला किनारका अन्य बस्ती पनि बाढीको जोखिममा परेका छन् ।

सिंघियाको बाढीका कारण कटहरी १ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । विराटनगर २ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ ।