Logo

मेघनाथ पहाडी

असार १४, २०७९ मंगलबार

सामाजिक अभियन्ता ज्वाला संग्रौलाले त्यागिन् राप्रपा, यस्तो छ कारण…


Jwala Sangraula

काठमाडौं । सामाजिक अभियन्ता ज्वाला संग्रौलाले आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यागेकी छन् ।

सामाजिक अभियन्ता संग्रौलाले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनले सामाजिक सञ्जाल मार्फत आफू राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको सामाजिक सञ्जाल मार्फत जनाएकी हुन् ।

उनको फेसबूक स्टाटस जस्ताको तस्तै :
आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट अलग्गिएको घोषणा गर्दछु। आजसम्मको यो यात्रामा मलाई साथ दिनुहुने पार्टीका सबै अग्रज ब्यक्तित्वहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। ब्यक्तिगत रुपमा राजेन्द्र लिङदेन दाईलाई मेरो सदैव साथ, सपोर्ट र सम्मान रहिरहनेछ । यो मुलुक परिवर्तनको यात्रामा राजेन्द्र लिङदेनले एकदिन देशको नेतृत्व लिएरै छाड्नु हुनेछ भन्ने कुरामा पनि म ढुक्क छु । अबको मेरो समय यो देशमा असल काम गर्नेहरु सबै प्रति समर्पित रहने छ । सबैको जय होस् , मंगल होस् ।